पूर्वी एलेप्पोबाट ३ हजार बढी सर्वसाधारण बाहिर निकालिए

पूर्वी एलेप्पोबाट ३ हजार बढी सर्वसाधारण बाहिर निकालिए

एजेन्सी । सिरियाको पूर्वी एलेप्पोबाट ३ हजार भन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ ।

विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा फसेका सर्वसाधारणलाई अन्तर्राष्ट्रिय रेडक्रसको सहयोगमा सकुशल बाहिर निकालिएको हो । 

रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा लिएपछि फसेका सर्वसाधारणलाई निकालिएको हो ।

सो क्षेत्रमा फसेका अन्य सर्वसाधारणलाई पनि निकाल्ने कार्य जारी रहेको जनाईएको छ । 

पूर्वी एलेप्पो करिब ४ वर्षदेखि विद्रोहीको कब्जामा रहँदै आएको थियो । विद्रोहीले सो क्षेत्रका सर्वसाधारणलाई बन्धक बनाएर बाहिर जान समेत रोक्दै आएका थिए । 

एलेप्पोबाट उद्धार गरिएका सर्वसाधारण, घाइते र लडाकुलाई इदलिब प्रान्तमा राखिएको छ ।