काठमाडौं । नयाँ बानेश्वरका व्यापारीमाथि सरकारले ज्यादती गरेको छ । विना विकल्प र क्षतिपूर्ति बर्षौदेखि तरकारी व्यापार गर्दै आएका व्यापारीहरुको टहराहरुमा डोजर चलाएर लाखौं मूल्य बराबरका तरकारी, टहरा र किराना पसल भत्काइ व्यापारीहरुलाई विस्थापित गराइदिएको छ । सैयौं सुरक्षाकर्मीको दुरुपयोग गर्दै सरकारले व्यवसायीहरुलाई नियन्त्रणमा लिएर डोजरले तरकारी बजारका टहरा पसल भत्काइदिएको हाे ।
डोजर चल्न थालेपछि साना व्यवसायीहरुमा रुवाबासी र हारगुहार नै चलेको थियो । आफ्ना सामान जोगाउने कोसिस गरिरहेका व्यापारीहरुमाथि प्रहरीले लाठी चार्ज गरी तितरबितर पारेर डोजर चलाएका थिए । व्यवसायीले विकल्प नदिई डोजर लगाएको भन्दै व्यवसायीहरुले क्षतिपूर्तीकाे माग राखेर विरोध प्रदर्शन गरेका छन् ।