काठमाडौं । बीरगञ्जबाट जन्ती लिएर नारायणाघाट आउँदै गरेको बसले एक निजी कारलाई ठक्कर दिंदा चार जनाको मृत्यु गएको छ । ना ६ ख ६७५४ नम्बरको बसले बा १२ च ८२९० नम्बरको कारलाई बाराको जंगलमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका कारण कारमा सवार चार जनाको ज्यान गएको छ । दुर्घटनामा कार चालक खोटाङ मंगलटारका २३ वर्षीय दीपक थापा मगर, २८ वर्षीय महेन्द्र आले, सुनसरीकी २५ वर्षीय कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिसको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।