एजेन्सी । चीनमा एक व्यक्तिलाई फाँसीको सजाय दिएको २१ वर्षपछि निर्दोष देखिएका छन् ।
सन् १९९५ मा नी शुबिन नामका व्यक्तिलाई २० वर्षको उमेरमा सेनाले गोली हानेका थिए । उनलाई बेहई प्रान्तको शिजियाजुआंगमा एक महिलाको हत्याको घटनामा दोषी ठहर गरिएको थियो ।
फाँसीको २१ वर्षपछि अदालतले सो मुद्धमा दिएका प्रमाणहरु अस्पष्ट र अपर्याप्त भएको जनाएको छ ।
नीको परिवारले पछिल्ला २० वर्षदेखि उनी निर्दोष रहेको भन्दै अभियान सञ्चालन गरिरहेको थियो । फैसला पछि उनको परिवारले सबै समर्थकलाई धन्यवाद दिएको छ ।
चीनमा सजाय दिने दर उच्च रहेको भने बर्षेनि हजारौंलाई मृत्यु दण्डको सजाय दिने गरिएको बताइन्छ । चीनमा अदालतले गरेको फैसलालाई बदल्न कठिन मानिन्छ ।































