नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले संसदवादी दलहरुले सिमांकनको नाममा जनता भड्काएको आरोप लगाएका छन् । शुक्रबार नवलपरासीको बर्दघाटमा आयोजित कार्यक्रममा अध्यक्ष बैद्यले वर्तमान संविधानले मुलुकमा विद्यमान समस्या समाधान गर्ने हैसियत नराख्ने हुनाले यसको तत्काल खारेज गर्नुपर्ने विचार व्यक्त गरे ।

बैद्यले सिमाङकनको बिषय स्थानीय जनताको अधिकारको विषय भएको भन्दै तानाशाही तरिकाले लाद्ने विषय नभएको धारणा राखे । बैद्यले भने, “मधेशी दलहरुसहित घोषणा गरिएको संबिद्यान प्रतिक्रियावादी संबिधान हो, यसको तत्काल खारेजी गर्नुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर