
दिल्ली । नेपाली एकता समाज भारत मोदी सरकारले पाँच सय र एक हजार दरका नोटहरुमाथि प्रतिबन्ध लगाएपछि आन्दोलनमा उत्रिएको छ ।
खुल्ला सिमानाले गर्दा मौसमी काममा भारत आउने जाने नेपालीहरु ठूलो मारमा परेको भन्दै नोटबन्दी फिर्ता लिन मोदी सरकारसँग माग गरेको छ ।
समाजका महासचिव विष्णु शर्माले नोभेम्बर १९ मा निकालेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारले ५ सय र १ हजार दरका नोटहरूमा प्रवासी नेपालीहरूलाई धेरै समस्या परेको छ । खुल्ला सीमानाले गर्दा मौसमी काम गर्न भारत आउने नेपालीहरू त खासै समस्यामा परेका छन् । साथै दिल्ली र अन्य महानगर र शहरहरूमा काम गर्नेर बैंक खाता न भएका नेपालीहरूलाई आफ्नो पैसा साट्न ठूलो समस्या परेको छ ।’
विज्ञप्तीमा भनिएको छ, ‘हामी भारत सरकारलाई के कुरा बुझ्न अपील गर्दछौं भने नेपालीहरूको नागरिकताले भारतमा बैंक खाता खोल्न मिल्दैँन साथै उनीहरूको आधार कार्ड अथवा पेन कार्ड समेत हुन्दैँन । तसर्थ, नेपालीहरूले आफ्नो रगत र पसिनाको कमाई लुटिएको महसूस गरिरहेकछन् । हामी भारत सरकारलाई नेपालीहरूको यस समस्यको व्यवस्था मिलाउन अपील गर्दै नेपालीहरूलाई आर्थिक नोक्सानीबाट बचाउन तत्काल कदम चाल्न अपील गर्दछौं ।’
नोटबन्दीले नाकाबन्दीजस्तै नेपाली जनजीवनलाई मारमा पारेको भन्दै समाजले विवेकहीन र गरिब जनताप्रति संवेदनहीन निर्णय भएकोले नोटबन्दी तत्काल फिर्ता लिन उसले माग गरेको छ ।