देउवा भन्छन्– संविधान संशोधनका धेरै विषयमा सहमति भइसक्यो

देउवा भन्छन्– संविधान संशोधनका धेरै विषयमा सहमति भइसक्यो

Sher Bahadur Deubaभीमदत्तनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुबीच धेरै विषयमा सहमति भइसकेकाले सहमतिमै अघि बढ्ने बताएका छन् । 

कञ्चनपुरको भीमदत्तनगरमा आइतबार विहान प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा उनले संशोधनका धेरै विषय सहमति भइसकेको दाबी गरे । 

दलहरुबीच धेरै विषयमा सहमति भइसकेकाले आगामी चैतभित्रै स्थानीय निकायको निर्वाचन हुने बताए । वर्तमान सरकारले नै चैतभित्र स्थानीय निकायको निर्वाचन गर्ने देउवाले दाबी गरे । 

धेरै विषयमा दलहरुबीच सहमति भइसकेको भए पनि अंगिकृतको हल्ला मिडियाले चलाएको हल्ला मात्रै भएको उनले बताए । ‘अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा कहिँ भएकै छैन,’ देउवाले भने, ‘मिडियाले हल्ला मात्रै गरेका हुन् ।’ 

उनले सुदूरपश्चिम खण्डित नहुने पनि स्पष्ट गरे । कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने उनले बताए । सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने उनको भनाइ थियो ।