माछापुच्छ्रे बैकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

माछापुच्छ्रे बैकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौंः माछापुच्छ्रे बैंकले ५० प्रतिशत (२ः१) हकप्रद सेयर निष्कासन मंसिर १९ गतेदेखि निष्काशन गर्ने भएको छ । सय रूपैयाँ मूल्यको एक करोड ९३ लाख २२ हजार सात सय कित्ता सेयरमा आवेदन दिन पौस २४ गतेसम्म पाइने छ ।
तीन अर्ब ८६ करोड ४५ लाख ४० हजार रूपैयाँ चुक्ता पुँजी रहेको बैंकले ५० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी पाँच अर्ब ७९ करोड ६८ लाख १० हजार रूपैयाँ पुग्ने छ ।
लगानीकर्ताले सिभिल क्यापिटल लिमिटेड कमलादी काठमाडौं र माछापुच्छ्रे बैंकका सबै शाखाहरूमा आवेदन दिन पाउने छन् । हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गर्ने भएको छ ।