मिशेल ओबामा बारेको यस्तो पोस्टले ल्यायो अमेरिकामा विवाद

मिशेल ओबामा बारेको यस्तो पोस्टले ल्यायो अमेरिकामा विवाद

ap_michelleएजेन्सी । अमेरिकी प्रथम महिला मिशेल ओबामाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको एक नश्लभेदी पोस्टलाई लिएर विवाद सुरु भएको छ । यो विवादमा अमेरिकाको वेस्ट भर्जिजियाको एक नगरका मेयर समेत मुछिएका छन् ।

अमेरिकाको क्ले काउन्टीमा गैरनाफामुलक संस्था सञ्चालन गर्दै आएकी एक महिलाले मिशेललाई ‘एप’ अर्थात बाँदरको रुपमा चित्रित गरेकी छन् ।

उनले लेखेकी छन्, ‘ह्वाइट हाउसमा उच्च दर्जाकी, राम्री र सम्मानित प्रथम महिला हुन ताजगी भरिएको हुनुपर्दथ्यो । । म एक हिल लगाउँने बाँदर्नीलाई देखेर थाकिसकेकी छु ।’wsaz

त्यसमाथि बेवर्ली व्हेलिंगले कमेन्ट गरेका छन् । उनी सो काउन्टीका मेयर हुन् । सन् २०१० को जनगणनाअनुसार सो स्थानमा कुनैपनि अफ्रिकी मुलका अमेरिकी छैनन् । क्ले काउन्टीमा रहने ९ हजारमानिसमा ९८ प्रतिशत गोरा जातिका रहेका छन् । 

यस क्षेत्रको सीमित जनसंख्याका बाबजुद विवादित पोस्टका कारण पूरै अमेरिका र अन्तर्राष्ट्रिय मिडियामा चर्चा भएको छ । यसलाई लिएर पोस्ट र कमेन्ट गर्ने दुवै महिलालाई पदबाट हटाउनुपर्ने माग गरिएको एक निवेदनमा ८५ हजारभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।

वासिंगटन पोस्ट र न्युयोर्क डेली न्युजले पामेला टेलरलाई सोमबार नै पदबाट हटाएको समाचार दिएका छन् । उनले स्थानीय सञ्चारमाध्यम डब्लुएसजेडसँग भने आफूले फेसबुकमा पोस्ट गरेको विषयलाई नस्लभेदी रुपमा लिन सकिने भएपनि आफू स्वयमले भने त्यसतर्फ इंगित गर्न नखोजेको उल्लेख गरेकी छन् ।

डब्लुएसजेडमा नै यो खबर सबैभन्दा पहिले आएको थियो । पामेलाले आफूले आकर्षणको विषयलाई लिएर निजी विचार व्यक्त गरेको र कुनै व्यक्तिको रंगको बारेमा कुनै टिप्पणी गर्न नचाहेको उल्लेख गरेकी छन् ।

उनले त्यसलाई नस्लभेदी बताउने अज्ञात व्यक्तिका विरुद्ध मानहानीको कारबाहीका बारेमा सोचिरहेको उल्लेख गरेकी छन् । पामेला क्ले काउन्टी डेभलपमेन्ट ग्रुपकी डाइरेक्टर हुन् । यस समूहलाई सरकारी स्तरबाट पनि सहयोग समेत प्राप्त हुन गर्छ ।

यसले वृद्ध र कम आय भएका मानिसलाई सेवा उपलब्ध गराउँदछ । यता सो काउन्टीकी मेयर बेवर्ली व्हेलिंगले भने आफ्नो टिप्प्णीका लागि माफी मागिसकेकी छन् ।