काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार रामचन्द्र हुमागाई गम्भीर विरामी परेका छन् । विभिन्न रोगको लामो समयदेखि उपचार गराइरहेका हुमागाई तीन दिनअघि अचेत बनेपछि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको एमआईसीयुमा उपचारका लागि भर्ना गरिएको हो । बेलुका सबैसँग खाना खाएर सुतेका हुमागाई विहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा उनी अचेत अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको परिवारजनले जनाएको छ ।
उनको कलेजोको माथिल्लो भाग फुटेर आन्तरिक रत्तश्राव भएको हुनसक्ने र यसैले मस्तिष्कमा समस्या पैदा गरेका कारण होस आउस समय लाग्ने बताएको उनको परिवारको भनाई छ । अझैपनि उपचार जारी रहेका कारण यही रोग हो भन्नेबारेमा भने केही पत्ता लाग्न सकेको छैन । उनी गत असोजमा पनि स्वास्थ्य समस्ययाका कारण सोही अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।
लामो समयदेखि पत्रकारितामा क्रियाशील उनी नेपालभूमी साप्ताहिकका प्रधानसम्पादक हुन् । लामो समयदेखि परिवर्तनको पक्षमा निरन्तर कलम चलाइरहनुभएका हुमागाई राष्ट्रियता र क्रान्तिकारी चेत भएका पत्रकारमा गनिन्छन् ।