एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गर्ने भविष्यवाणी सार्वजनिक भएको छ ।

चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुने संकेत गरेको हो । गेडा नामक सो बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपका बारेमा पनि सही भविष्यवाणी गरेको थियो ।

गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि सो अलौकिक जनावरले सन् २०१० को विश्व कप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो ।

पहेँलो सर्टमा सिङ्गारिएको सो भविष्यवक्ता बानरराजलाई दुई वटा केराका टुक्राहरूलाई अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो र उक्त बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर