काठमाडौं । स्थानीय तह पुनर्संरचनाका लागि जिल्ला प्राविधिक सहयोग समितिलाई दिएको समयावधि शनिबार सकिँदैछ ।
समितिहरुले शुक्रबारसम्ममा ७ जिल्लाको मात्रै प्रतिवेदन बुझाएका छन् भने तराईका ८ जिल्लामा अझै काम सुरु हुन सकेको छैन ।
यस्तै कतिपय जिल्लामा विवादका कारण प्रतिवेदन तयार हुन सकेको छैन ।
आयोगका अध्यक्ष बालानन्द पौडेलले अझै ६८ जिल्लाको प्रतिवेदन आउन बाँकी रहेको जनाएका छन् । उनले केही जिल्लाको प्रतिवेदन शनिबारसम्ममा आउने र बाँकी जिल्लाको बारेमा के गर्ने भन्ने बारेमा निर्णय हुने बताए ।
आयोगले बढीमा ७ सय ४४ स्थानीय सरकार बनाउने मापदण्डसहित प्राविधिक समितिलाई संख्या र सीमा टुंग्याउने जिम्मा दिएको छ ।































