काठमाडौं । नेपालमाथि गत वर्ष ५ महिनाभन्दा लामो सयम नाकाबन्दी गरेर नेपाली जनतामाथि अत्याचार थोपरेको भारतका राष्ट्रपति नेपाल आउँदा पुनः जनताले नै सास्ती पाएका छन् ।
मुखर्जीको नेपाल भ्रमणलाई लक्षित गरि राजधानीमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने जनतालाई सडकमा समेत निस्कन नदिएर अघोषित कफ्र्युको अवस्था सिर्जना गरिएको छ ।
यसैगरी मुखर्जी नेपाल आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ५० मिनेटका लागि बन्द गरिएको छ ।
मुखर्जीको सुरक्षामा बहाना बनाउँदै उनी आउनुभन्दा पहिले र अवतरण गरिसकेपछि पनि केही समयसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न रोक लगाइएको विमानस्थल स्रोतले जनाएको छ ।
विमानस्थलले नोटिस फर एयरमेन (नोटाम) जारी गरेर भिभिआइपी आउनुभन्दा केही समय अघिदेखि र पछिसम्म विमानस्थल बन्द गर्दछ ।
भारतीय राष्ट्रपति मुखर्जी आउनुभन्दा २० मिनेट अघिदेखि नै बन्द हुने त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुल्ने छ । मुखर्जी साढे १२ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।
विभिन्न देशबाट आएका विमानहरु अवतरण गर्न नपाएपछि आकाशमा नै होल्ड गरिएको छ ।