
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताएका छन् ।
आफ्नै निवास बोहोराटारमा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको उल्लेख गरे ।
नेता पौडेलले मधेसी मोर्चाले भने बमोजिम प्रदेशको सिमांकन, भाषा विवाद, नागरिकताको सवाल, राष्ट्रिय सभाको स्वरुप लगायतका विषयमा दुवै पक्षवीच समझदारीकासाथ अघि बढ्ने सहमति भएको पनि बताए ।
उनले संविधान संशोधनका लागि एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गर्दै मुलुकको समस्या समाधानका लागि दलहरु मिल्नुको विकल्प नभएको उल्लेख गरे ।