हुर्रा नाच हेर्न गएका दुई किशोरको हत्या

हुर्रा नाच हेर्न गएका दुई किशोरको हत्या

khukuri_hatyaउर्लाबारी । मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको सोमबारराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ ।

राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मंगलबार बिहान साँढे ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको कारण र खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।