महोत्तरी । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको संसद् सचिवालयमा दर्ता गराइएको महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटंकीमात्रै भएको बताएका छजन् ।
महोत्तरीको गौशाला पुगेका भण्डारीेले पत्रकारसँग कुरा गर्दै प्रमुख आयुक्त कार्कीलाई महाभियोग लगाउने योजना नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रको फोहोरी खेल भएको आरोप लगाए ।
एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले संविधान संशोधन नगरी कुनै पनि हालतमा चुनाव हुन नदिइने बताए ।