चिताबाटै शब प्रहरीको नियन्त्रणमा

चिताबाटै शब प्रहरीको नियन्त्रणमा

कैलाली । दाह संस्कारका लागि चितामा राखिएको शब परीक्षणका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शव जलाउनका लागि मोहना आर्यघाटमा लागेका बेला प्रहरीले नियन्त्रणमा लिएर परीक्षण लागि सेती अञ्चल अस्पतालमा पु¥याएको छ ।

उपाध्यायको बिहीबार अचानक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरीलाई खबर गरेपछि शव प्रहरीले नियन्त्रणमा लिई अस्पताल पु¥याइएको हो ।

हत्या गरी दाहसंस्कार गर्ने तयारी गरेको सूचनाका आधारमा शब नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । प्रहरीले उपाध्यायकी श्रीमती र नाता पर्ने सालोलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

श्रीमानको हेरचाह नगरेको भन्दै मृतकका दाजु र छिमेकीले जग्गा बेचेर भएपनि उपचार गराउने कोशिस गरेका थिए । तर श्रीतमीले नै भाई विमलसँग मिलेर उनको हत्या गरेको आफन्तको आरोप छ ।