पोखरीमा डुबेर एक युवकको ज्यान गयो

पोखरीमा डुबेर एक युवकको ज्यान गयो

siraha_districtलहान । सिरहाको इटर्वामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेका छन् ।

घरनजिकै रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यस्तै, सिरहाको सुखीपुर नगरपालिका–९ निवासी ७० वर्षीया डोमी साहको अचानक लडेर मृत्यु भएको छ ।

लहान नगरपालिका– १४ भिसा टोलस्थित सुरेश चौधरीको खेतमा काम सकेर घर फर्किनेक्रममा लडेर साहको घटनास्थलमै मृत्यु भएको हो ।