काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेल गौरवसहितका नेताहरुले अनशनरत डा.गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
डा.केसीको अनशनमा ऐक्यवद्धता जनाउनका लागि क्रान्तिकारी माओवादी वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष गजुरेल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हस्तबहादुर केसी र देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
डा.केसी चिकित्ुसा क्षेत्रमा व्याप्त बिकृति, विसंगति, माफियाकरण र भ्रष्टाचारको अन्त्यका लागि नवौं पटक अनशनमा बसेका हुन् ।
त्रिवि शिक्षण अस्पताल महाजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रध्यापक डा.केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने समेत माग गर्दै आएका छन् ।