क्रान्तिकारी माओवादीसँग मात्र उत्पीडित जातिहरुको मुक्तिको वैज्ञानिक रोडम्याप छ

क्रान्तिकारी माओवादीसँग मात्र उत्पीडित जातिहरुको मुक्तिको वैज्ञानिक रोडम्याप छ

देशमा नयाँ संविधान घोषणा गरिएपनि त्यसले उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका जनतामा खासै उत्साह सञ्चार गर्न सकिरहेको छैन । देशमा यतिबेला संविधान पूर्ण रुपमा स्विकार गरेका, आंशिक स्विकार गरेका र पूर्ण रुपमा अस्विकार गरेका शक्तिहरु क्रियाशील छन् । यस्तो अवस्थामा संविधान निर्माण गरिएपनि त्यसको कार्यान्वयनको पाटो झनै जटिल हुनु स्वभाविकै हो । देश अहिले चरम रुपमा भ्रष्ट, दलाल र सामन्तवादी वर्गको चंगुलमा फसेको छ । यसै सन्दर्भमा उत्पीडित जातिहरुलाई देशको राष्ट्रिय मुक्ति आन्दोलनमा कसरी समाहित गर्दै अघि बढ्न सकिन्छ भन्ने विषयमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठसँग गरिएको कुराकानीको सारसंक्षेप

नेवार समुदायमा क्रान्तिकारी माओवादीको प्रभाव कस्तो छ ? बताइदिनुस् न ।
–नेवार समुदाय वर्ग र बनावटको हिसाबले अरु आदिवासी/जनजाति जस्तै एउटै नश्नका छैनन् । तर समाज विकासको क्रममा यो नेपालकै विकसित जाति हुँदाहुँदै पनि विभाजित छन् र विभाजित गराइएको छ । त्यसैले समग्र नेवार जाति कै कुनै वस्तुलाई हेर्ने दृष्टिकोण एउटै हुने कुरा भएन । तापनि बहुसंख्यक नेवार जातिको कुरा गर्दा हामी के पाउँछौं भने नेवार जाति व्यापार–व्यावसाय तथा कृषि क्षेत्रमा दख्खल प्राप्त जाति हुँदाहुँदै पनि आज दलाल–नोकरशाही–सामन्ती सत्ताका कारण दुवै क्षेत्रबाट पाखा लगाइदैछ, आफ्नो भाषा र संस्कृतिबाट विस्थापित गराइदैछ । यसको मतलब यो जाति आफै पनि क्रमशः संकटमा पर्दै गइरहेको छ ।

आफ्नो आदिथलो, भाषा, संस्कृतिका प्रेमी बहुसंख्यक नेवार जाति पहिचान र अधिकारका लागि सचेत छन् र यी मुद्दा उढाइदिने राजनैतिक पार्टीप्रति यस जातिको स्वभाविक रुपमा सुझाव र समर्थन हुने नै भयो । यस अर्थमा क्रान्तिकारी माओवादीप्रति नेवार जातिको पनि झुकाव र समर्थन देखिन्छ । तर यस बीचमा जनयुद्धको नेतृत्वबाटै गद्दारी र धोका पाउनु, वाइसिएलको नाममा आतंक मच्चिनु र माओवादी पार्टीभित्र भइरहेको पटक पटकको फुट र विभाजनले नेवार जातिमा काफी भ्रम र आन्यौल सिर्जना गरेको छ ।

वर्गीय र जातीय हिसाबले हेर्दा नेवार समुदायको स्थिति कस्तो छ ? संक्षिप्तमा उल्लेख गरिदिनुस् ।

–नेवार जाति वर्गीय हिसाबले सर्वहारा सुकुम्बासीदेखि पुँजीपति वर्गसम्मका छन् । तर अधिकांश नेवारहरु पुँजीको स्वामित्वका हिसाबले निम्नि मध्यम र मध्यम वर्गका देखिन्छन् । सानो जमिनको टुक्रा र सानो घर काठमाडौं उपत्यकामा हुँदा त्यो लाखांैंको पुँजी बन्छ । तर लाखौंको मालिक रोजगारी व्यवसाय नहुँदा दैनिक खर्च जुटाउन नसक्ने र उनीहरुको जीवनयापन गरिबीको रेखामुनिका जनताको जस्तै हालत हामी देख्न सक्छौं ।

घर खर्च चलाउन भएको पुँजी बिक्री गर्ने र क्रमशः सुकुम्बासी र सर्वहारा बन्ने प्रक्रिया तीव्र छ, र आफ्नो आदिभूमिबाट विस्थापन हुने गति तीव्र छ । अर्कोतिर मध्यम वर्गमा रहेका करोडौंका मालिकहरु घर बनाउने र घरभाडा उठाएर आफ्नो जीविका चलाइरहेको देखिन्छ । पुँजीपतिको हिस्सामा देशभक्त तथा जनवादी हिस्सा आफ्नो जीविका चलाइरहेको देखिन्छ । पुँजीपतिको हिस्सामा देशभक्त तथा जनवादी हिस्सा आफ्नो व्यवसायको संरक्षण नभएर व्यवसाय चलाउन सकिरहेका छैनन् भने सानो हिस्सा दलाल तथा नोकरशाही हिस्सामा रुपान्तरण भएका छन् ।

अर्कोतिर उल्लेख गरिए झै नेवार जाति एउटै नश्नलका नभएका तथा उपत्यकामा शासक वर्ग जो प्रायः जसो बाहिरबाट आएका हुन्थे, उनीहरुको उत्पीडन र शोषणमा परेको देखिन्छ । ‘फुटाउ र शासन गर’को नीति अनुरुप नेवार जातिलाई विभिन्न जातमा विभाजन गरेका छन् । आदिवासी र जनजातिमा नभएको वर्णाश्रम व्यवस्था जबरजस्ती यो जातिमाथि लादिएको छ, राणाकालसम्म आउँदा यसको पराकाष्ठा हामी देख्छौं । छुवाछुतसम्मको स्थिति नेवार जातिभित्र छ ।

नेवार जातिमाथि राज्यको उत्पीडनको स्वरुप चाहिं कस्तो छ ?

–नेवार जातिमाथि राज्यको उत्पीडन मूलरुपमा वर्गीय उत्पीडन हुँदाहुँदै पनि यसको स्वरुप जातीय उत्पीडनको रुपमा देखापरेको छ । नेवार जातिको भाषा, कला, संस्कृति, आर्थिक अवस्था र आफ्नो आदिभूमिबाट हुँदै गएको विस्थापनले रुपमा जातीय उत्पीडन हुँदाहुँदै पनि आर्थिक रुपमा पेशा व्यवसायबाट विस्थापन, आदिभूमिबाट विस्थापन र राजनैतिक रुपमा भइरहेको विस्थापनले सारमा यस जातिमाथि भइरहेको उत्पीडन वर्गीय उत्पीडन रहेको प्रष्ट हुन्छ ।

वर्तमान राज्यव्यवस्था र संविधानले नेवार समुदायको अधिकारलाई कति हदसम्म प्रत्यायोजन गरेको छ ?

–वर्तमान राज्य व्यवस्था भनेको संसदीय लोकतान्त्रिक संघीय गणतन्त्र हो । राजतन्त्र समाप्त भएको छ, सहभागिताको हिसाबले केही समानुपातिक र समावेशी पनि देखिएको छ । संघीयता, गणतन्त्र र समानुपातिकता यसको सकारात्मक पक्ष हुँदाहुँदै पनि यो नयाँ बोतलमा पुरानो रक्सी भनेजस्तै शासकवर्ग उही पुरानै रहेका छन् । आज दलाल, नोकरशाही र सामन्त वर्ग नै शासकवर्गको रुपमा रहेका छन् ।

जहाँसम्म संविधानको कुरा छ, यो सारमा प्रतिक्रियावादी छ । यसले पुरानै शासकवर्गलाई स्थापित गरेको छ । नामको मात्र संघीयताले नेपालमा रहेको वर्गीय, जातीय, लिङ्गिय, क्षेत्रीय र समुदायहरुमाथि भइरहेको उत्पीडनलाई निरन्तरता दिनेछ । यसरी हेर्दा वर्तमान राज्यव्यवस्था र संविधानले नेवार जातिको संरक्षण र अधिकार दिलाउने होइन, यसको विघटन र विस्थापनलाई नै तीव्रता दिनेछ र दिइरहेको छ ।

के संविधान संशोधनबाट त्यस्तो अधिकारको ग्यारेण्टी गर्न सकिन्छ ?

–संविधानले व्यवस्था गरे अनुसार अहिले प्रतिनिधित्वको सवाल जटिल छ । प्रतिनिधि सभामा बहुमत पु¥याउनु लगभग असम्भव छ भने अहिलेको संरचनाले उत्पीडित जाति, क्षेत्र, लिंग, समुदाय र वर्ग कहिल्यै बहुमतमा पुग्न सक्नेछैन । उत्पीडित जातिको अधिकारका लागि संविधानमा आधारभूत परिवर्तन गर्नु पर्दछ, जुन संशोधनबाट सम्भव छैन । त्यसैले जनताको अधिकारको ग्यारेण्टी संविधान संशोधनबाट विल्कूलै असम्भव छ ।

उत्पीडित नेवार समुदायलाई अधिकार सम्पन्न बनाउन के गर्न सकिन्छ ?

–उत्पीडित नेवार समुदायलाई अधिकार सम्पन्न बनाउन उसको भाषा, कला, संस्कृति, आर्थिक रुपमा व्यापार व्यवसाय र आदिभूमिबाट भइरहेको विस्थापन रोक्न सक्नु पर्दछ । यसका लागि नेवार जाति उत्पीडित जाति हो भन्ने पहिचान हुनु प¥यो । यसको आधारमा स्वायत्त राज्य, स्वशासन, अग्राधिकार, आत्मनिर्णयको सैद्धान्तिक स्वीकृति आधारभूत शर्त हुन् ।

नेवार जातिको राजनैतिक विशेषताका बारेमा केही बताइदिनुस् न ।

–नेवार जाति विकसित र सचेत जाति हो । पृृथ्वीनारायण शाहको कथित राष्ट्रिय एकीकरणदेखि राजनैतिक रुपमा एकप्रकारले बहिस्कृत हुँदै आएको जाति भएकोले नेवार जातिमा राजनैतिक चासो र सहभागिता अत्यन्त न्युन देखिन्छ । आफ्नो पेशा, व्यवसाय, भाषा, संस्कृति र परिवारमा रम्नु यो जातिको विशेषता देखिन्छ । तर शासकहरुबाट शासित यो जाति आफूमाथि हुँदै आएको जातीय, आर्थिक, राजनैतिक, सामाजिक उत्पीडनको तत्कालिक विरोधको रुपमा सत्ताको विरोधी जातिजस्तो देखिन्छ । राजनैतिक रुमा दीर्घकालीन सोच, चिन्तन र सहभागिता भने कमै देखिन्छ । जसको फाइदा शासकवर्ग र जातिले उठाइरहेका छन् ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा नेवार समुदायले खेलेको भूमिकालाई कसरी हेर्न सकिन्छ ?
–नेपालका सबैजसो आन्दोलन राजधानी केन्द्रित आन्दोलन नै देखिन्छ । त्यो राष्ट्रियताको सवाल होस्, त्यो जनतन्त्रको सवाल होस् वा जनजीविकाको सवाल होस् । सबै आन्दोलनको उत्कर्ष वा निर्णायक आन्दोलनमा उपत्यकाका आदिवासी जनताको ठूलो सहभागिता अनिवार्य नै देखिन्छ र नेवार जातिले त्यो भूमिका खेल्दै पनि आएका छन् ।

नेवार जातिको चरित्र सत्ताविरोधी रहेको र आन्दोलन आफै पनि सत्ता विरोधी हुने तथा आन्दोलनले एकहदसम्म गति प्राप्त गरेपछि नेवार जातिको व्यापक जनसहभागिताले आन्दोलनलाई विद्रोहात्मक रुप दिने र उत्कर्षमा पु¥याउने काम हुँदै आएको छ । यस अर्थमा नेवार जातिको दीर्घकालिक भन्दा पनि विद्रोहात्मक चेतको विशेषतालाई ख्याल गर्नुपर्ने हुन्छ ।

pawanman shresthaआम उत्पीडित नेवार समुदायलाई क्रान्तिकारी माओवादी तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चामा आवद्ध कसरी गराउन सकिन्छ ?
–क्रान्तिकारी माओवादी र नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल आधारभूत तहका नेवार जनतामा पुग्नुपर्छ । उनीहरुलाई वर्तमान सत्ताको चरित्र र उसले नेवार जातिमाथि गरिरहेको उत्पीडनबारे स्पष्ट जानकारी दिनुपर्छ । नेवार जातिमाथि भइरहेको उत्पीडन जातीय रुपमा अभिव्यक्त भएतापनि यसको सार पक्ष वर्गीय रहेको स्पष्ट पार्नुपर्छ ।

यस उत्पीडनको अन्त्य र नेवार जातिको विकासका लागि आवश्यक अधिकार बारे प्रष्ट पार्नुपर्छ । यसका लागि संगठन, संघर्ष र क्रान्तिकारी पार्टीको नेतृत्वदायी भूमिका स्पष्ट पार्दै पार्टी र मोर्चामा सहभागी गराउनु पर्छ । यसको पुरकको रुपमा राष्ट्रियता र जनजीविकाको सवालमा पार्टी र मोर्चाले पनि जनताले अनभूति गर्न सक्ने ढंगले आन्दोलन संचालन गर्नुपर्छ ।

नेवार समुदायलगायत सम्पूर्ण उत्पीडित जातिहरुलाई अधिकार सम्पन्न बनाउने क्रान्तिकारी माओवादीसँग के कस्तो रोडम्याप छ ?

–क्रान्तिकारी माओवादी नै त्यो पार्टी हो, जसले नेकपा (माओवादी)को रुपमा ०५१ सालतिर सम्पूर्ण उत्पीडित जातिहरुमाथि भइरहेको उत्पीडनको अन्त्य गर्त ती जातिहरुलाई राजनैतिक अधिकार अपरिहार्य रहेको कुरा स्पष्ट पार्दै जातीय नीति अगाडि ल्यायो । महान् जनयुद्धको दौरानमा जातीय नीतिलाई अझ प्रष्ट पार्दै व्यवहारिक रुपमा उत्पीडित जातिहरुको अधिकार सुनिश्चित गर्न उत्पीडनको पहिचानसहित संघीयता, स्वायत्त राज्य, स्वशासन, आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति सहितका जनसत्ताहरु निर्माण भए र सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुको विश्वास जित्न सफल पनि भयो ।

जातीय उत्पीडन वर्गीय उत्पीडनको एउटा रुप हो, त्यसैले नेपालमा जातीय उत्पीडनको अन्त्य गर्न नयाँ जनवादी क्रान्ति अपरिहार्य छ र नयाँ जनवादी व्यवस्थाले मात्र आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित उत्पीडनको पहिचानको आधारमा संघीयता, उत्पीडित जातिहरुका लागि उनीहरुको आदिथलोमा स्वायत्त राज्यहरु तथा क्षेत्रहरु, स्वशासन, अग्राधिकारको व्यवस्था हेने स्पष्ट पा¥यो ।

तर जनयुद्धका नेतृत्व पंक्तिमा देखापरेको विचलन, वर्गीय तथा राष्ट्रिय आत्मसमर्पण, गद्दारी र धोका तथा तिनको नवसंशोधनवादमा पतन तथा क्रमशः प्रतिक्रियावादमा पतन हुँदै गएपछि जनयुद्धले ठूलो धक्का व्यहोर्नु प¥यो, क्रान्ति प्रतिक्रान्तिमा बदलियो । आज देश र जनताको मुक्तिका कुरा बीच बाटोमा अलपत्र परेका छन् । तर क्रान्तिकारी माओवादी पार्टी मात्रै नेपालमा त्यस्तो पार्टीको रुपमा विद्यमान छ, जसले जनयुद्धरत तात्कालीन नेकपा (माओवादी)को देश र जनतालाई मुक्त पार्ने सहि नीति आत्मसात गरेको छ ।

सहि जातीय नीतिमा आफ्नो अडान कायम राखेको छ । सँगै यसको प्राप्तिको लागि नयाँ जनवादी क्रान्तिको तयारीमा पार्टीलाई संगठन र संघर्षमा केन्द्रित गरेको छ । त्यसैले हामीले दाबीका साथ भन्न सक्र्छौं क्रान्तिकारी माओवादीसँग मात्र उत्पीडित जातिहरुको मुक्तिको वैज्ञानिक रोडम्याप छ ।

प्रायः सबै आन्दोलनको निर्णायक भूमिकामा देखिने नेवार समुदायमा अपेक्षाकत माओवादी आन्दोलनले प्रभाव पार्न नसक्नुमा केलाई मुख्य कारण ठान्नुहुन्छ ?
–नेवार समुदाय उपत्यकाको आदिवासी भएकोले राजधानीको वस्तुगत अवस्थाले तिनको जीवन व्यवहारमा प्रत्यक्ष प्रभाव पार्नु स्वभाविक छ, अर्को कुरा नेवार समुदायको चेत दीर्घकालीन तयारी र संघर्षभन्दा अल्पकालीन र विद्रोहात्मक चेत हो । हरेक संघर्षले एउटा गति प्राप्त गरिसकेपछि मात्र यस समुदायको आम सहभागिता देखिने गरेको छ ।

माओवादी आन्दोलनको कुरा गर्दा नेवार जातिभित्र क्रमशः सशक्त प्रभाव पर्दै गएकै देखिन्छ । तर उपत्यकाभित्रै माओवादी आन्दोलन जनयुद्धकालीन अवस्थामा मूलतः रक्षात्मक स्थिति नै रह्यो, जसले गर्दा आन्दोलनको गतिको मात्रा जुन रुपमा प्राप्त गरिसक्नुपर्ने थियो, त्यो पुग्न सकेको देखिदैन । यसको मतलव माओवादी आन्दोलनको प्रभाव कम परेको विश्लेषण ठीक होइन ।

शान्तिवार्ताको प्रक्रियामा आइसकेपछि समग्र पार्टी नेतृत्व इमान्दारीपूर्वक आफ्नो नीतिमा अडिग रही जनताको सेवामा जुट्नुपर्ने हो, त्यो हुन सकेन । नेतृत्वपंक्ति मै विचलन र गद्दारीले गर्दा तत्कालै क्रान्तिकारी विचार र क्रान्तिकारी आन्दोलन मै नकारात्मक असर पुगेको देखिन्छ । त्यसैले माओवादी आन्दोलन उठाउनलाई नवसंशोधनवादको भ्रम चिर्न र जनताको विश्वास जगाउन ठूलै मेहनतको खाँचो देखिन्छ ।

अन्य माओवादी घटकभन्दा क्रान्तिकारी माओवादी के आधारमा सहि र क्रान्तिकारी छ, स्पष्ट पारिदिनुस् न ।
–अन्य माओवादी घटकको हकमा हेर्दा जनयुद्धकालीन अवस्थामा तात्कालीन नेकपा (माओवादी)ले लिएका सहि नीतिहरु छोड्दै गएको देखिन्छ । आफ्नो वर्गप्रतिको निष्ठा तथा देश र जनताप्रतिको दायित्व अरु घटकहरुले छोड्दै गएको वा गद्दारी गरेको अवस्था छ । अरु प्रतिक्रियावादी शक्ति जस्तै कतिपय घटकहरु साम्राज्यवादी विस्तारवादी इशारामा नाच्ने गरेका छन् ।

तर नेकपा (क्रान्तिकारी माओवादी)ले जनयुद्धरत तात्कालीन माओवादीको वैज्ञानिक तथा क्रान्तिकारी नीति आत्मसात गरेको स्थिति छ र नेपालमा आएको राजनैतिक, आर्थिक, सामाजिक परिवर्तनलाई माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तलाई दह«ो पक्रेर कार्यदिशा र क्रान्तिकारी विचारलाई समृद्ध गर्न लागि परेको छ । आफ्नो वर्गप्रतिको निष्ठामा प्रगाढता, देश र जनताप्रतिको बोधका अझ बढी गम्भीरता र नेतृत्वको राजनैतिक इमान्दारिता, अडान, सादा जीवन, उच्च विचारले नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी छविको स्पष्ट रुपमा अभिव्यक्त हुन्छ । अरु घटकसँग नेकपा (क्रान्तिकारी माओवादी)को तुलना हुन सक्दैन ।

अन्य छुटेका विषय छन् भने राखिदिनुस् न ।
–नेपालमा प्रतिक्रियावादीहरु अहिले हावी छन् । जनयुद्धको नेतृत्व गरेका नेताहरुको विश्वासघात र गद्दारीले जनता निराश छन् । क्रान्तिकारी शक्तिको आत्मगत स्थिति कमजोर छ । क्रान्तिलाई निम्न पुँजीवादी अधैर्र्यताले हुर्नु हुँदैन । वर्ग रहेसम्म वर्गसंघर्ष रहन्छ र क्रान्तिको अपरिहार्यता हुन्छ । त्यसैले क्रान्तिकारीहरु धैर्यतापूर्वक अघि बढ्नुपर्छ । पराजय क्षणित हो, क्रान्ति अवश्यम्भावी छ । क्रान्तिकारीहरुले अझ दुःख र कष्टपूर्वक निरन्तर रुपमा अघि बढ्ने साहस गर्नैपर्दछ ।