गुलरियामा च्याउ खेती तालिम सम्पन्न

mushroomsगुलरिया । बेरोजगार युवायुवती एवम् कृषक समूहका सदस्यका रोजगारीको अवसर सिर्जना गराउने र आम्दानी बढाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले तीनदिने च्याउ खेतीसम्बन्धी तालिम गुलरियामा सम्पन्न भएको छ ।

तालिममा मैनापोखर, मगरागडी, वगनाहा, राजापुर, गुलरिया, तारातालबाट आएका बेरोजगार युवा सहभागीलाई गोब्रे च्याउखेती प्रविधिको परिचयको महत्वका बारेमा वरिष्ठ कृषि विकास अधिकृत तथा कार्यालय प्रमुख परशुराम रावतले तालिम दिएका थिए ।

सो तालिममा गोब्रे च्याउ खेतीका लागि आवश्यक सामग्री तथा कम्पोस्ट मल तयार गर्ने तरिकाबारे कृषि विकास कार्यालयका अधिकृत विराज सुवेदीले तालिम दिएका थिए ।

तालिममा अधिकृत जयबहादुर महतराले कन्ये तथा गोब्रेच्याउ खेतीका लागि टनेल तथा घर निर्माण गर्ने तरिका र व्यवस्थापनको तालिम दिएका थिगए ।

सोही तालिममा च्याउको परिचय, महत्व, प्रकारका बारेमा अधिकृत घनश्याम कार्कीले तथा कन्ये च्याउको खेती प्रविधिको गोब्रे च्याउ खेतीका लागि ब्याड बनाउने, बीउ छर्ने, छोप्ने, टिप्ने तरिकाका बारेमा अधिकृत तारा शर्मा र अधिकृत कमल तामाङले तालिम दिएका थिए ।