काठमाडौं । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले दशैंमा घर जाने यात्रुमाथि व्यवसायीले टिकटमा दादागिरी देखाउँदा पनि सरकार मुखदर्शक बनेको बताएका छन् ।
शुक्रबार संसद बैठकमा बोल्दै नेता अधिकारीले दशैंमा घर जाने यात्रु समस्यामा पर्दा पनि सरकार बेखबरजस्तो देखिएको बताए । दशैंमा घर जानको लागि नागरिकहरु टिकट खोजिरहेपनि व्यवसायीको दादागिरीका कारण टिकट पाउन नसकेको बताए ।
नेता अधिकारीले सिटभन्दा धेरै यात्रु चढाउन नपाए गाडी नचलाउने भन्ने व्यवसायीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै सरकार र व्यवसायीको मिलेमतो देखिएको आरोप लगाए ।