प्रेस सेन्टरको अध्यक्ष दाहाललाई बनाउने प्रस्तावपछि प्रचण्डविरुद्ध हुटिङ

pushpa-kamal-dahal-prachandaकाठमाडौं । नेकपा (माके) निकट पत्रकार संगठन प्रेस सेन्टरको अध्यक्ष महेश्वर दाहाललाई बनाउने प्रस्ताव आएपछि बन्दसत्रमा हुटिङ भएको छ ।

माकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रलाई सम्बोधन गर्दै अहिलेकै नेतृत्वलाई निरन्तरता दिने वा नयाँ लाई ल्याउने विकल्प भएपनि सिनियरलाई ल्याउनुपर्ने बाध्यता भएको भन्दै महेश्वर दाहालतर्फ लक्षित गरेपछि प्रतिनिधिहरुले त्यसलाई अस्विकार गरेका छन् ।

उनले केही समय अविभावकत्व गर्ने र नयाँ नेतृत्वलाई दिने बताएपछि प्रचण्डको प्रस्तावलाई अस्विकार गरेका थिए । दाहाल केही समयअघि क्रान्तिकारी माओवादीबाट बाहिरिएको बादल समूहबाट गएका पार्टी पोलिटब्युरो सदस्य समेत हुन् ।

सम्मेलनमा अध्यक्षमा ओम शर्मा, विष्णु सापकोटा, बलराम थापाको दाबी कायमै रहेपछि प्रचण्डले दाहाललाई अध्यक्ष बनाएर सबैको मुख थुन्ने विकल्प खोजेका हुन् ।
त्यसअघि शुक्रबार विहान पार्टी प्रवक्ता पम्फा भूसाल, महेश्वर दाहाल, गोविन्द आचार्य र ओम शर्मालाई बोलाएर प्रचण्डले सहमतिमा महेश्वर दाहाललाई अध्यक्ष बनाउन निर्देशन दिएको बताइएको छ ।