चितवन । नेपाल सरकारले मुख्यराजमार्ग (हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाट (तगरा) हरु राख्न नपाइने नियम बनाएको वर्षौ बितिसकेको छ ।
तर सरकारको नियमको बर्खिलाप हुनेगरी चितवनको नारायणगढ मुग्लिन सडक खण्डको रामनगर र भरतपुर हेटौडा सडक खण्डको भरतपुरकै गोन्द्रामा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अवैध असुलीको काम भईरहेको छ ।
सो सडक भएर आवतजात गर्ने जो कसैले खुल्ला रुपमा देख्न सक्ने मुख्य सडक क्षेत्रमै गैह्कानुनी अवैध असुली कार्य भईरहेपनि प्रहरी प्रशासनले त्यसलाई रोक्नका लागि कुनै पहल गर्नुको साटो आफैं संरक्षणमा लागेको देखिन्छ ।
नजिकै रहेका ट्राफिक पोष्ट र प्रहरीहरुकै आँखा अगाडी यसरी वर्षौदेखि सडकमा अवैध असुली कार्य भईरहेपनि प्रहरीको मौनता रहस्यमय बन्दै गएको छ ।
मकवानपुरको हेटौडामा प्रधान कार्यालय रहेको नारायणी यातायात व्यवसायीसंघ द्धारा सञ्चालित त्यस्ता गैह्कानुनी अवैध असुली कार्य रोक्न चितवन प्रहरीले किन नसक्नुको कारण खोजीको विषय बनेको छ ।
सो क्षेत्रमा रहेको ढाटबाट मालवाहक सवारी (ट्रक, टिपर, ट्याकंर, कन्टेनर) का चालकबाट १८० देखि ३५० रुपैयाँसम्म दुर्घटना राहतकोषको नाममा गैरकानुनी रुपमा जर्बजस्ती उठाइरहेको भएपनि प्रशासनले कुनै कारबाही नगरेको हो ।
जरीवाना वा भागेको भन्दै कतिपय सवारी चालकहरुबाट हजार रुपैयाँ र सो भन्दा बढी मनलाग्दी र जर्बजस्ती रकम असुली भइरहेको एक सवारी चालकले बताए ।
‘समितिले पालेर राखेका चुल्ठे र मुन्द्रेहरुले प्रहरीकै आखाँ अगाडि मोटरसाइकलले पिछा गरी गरी धम्क्याएर रकम असुल्छन’, ति चालकले आफ्नो गुनासो पोख्दै भने ।
असुली केन्द्रबाट नेपाली मालवाहक सवारीबाट मात्र नभई भारतीय नम्बर प्लेटका सवारीबाट समेत रकम असुल्ने गरेका छन् ।
मुख्य सडक छेउमा गैरकानुनी एवं अवैध रुपमा खडा गरिएका असुली ढाटहरु के प्रहरी संरक्षण बिना सम्भव छ ? प्रहरीहरुकै आँखा अगाडी यत्रो गैह्कानुनी धन्दा भईरहदा समेत चितवन प्रहरी किन चुपचाप तमासे बनेर बसीरहेको छ त् ?
के प्रहरी नियम कानुन कार्यान्वयन गराउने निकाय होइन र ? अनि के नियम कानुन निर्वलिया, निरिह, सोझासिधा जनसामन्य र सर्वसाधारणको लागि मात्र हो ? दैनिक राजधानी भित्रिने हजारौ मालवाहक सवारीबाट मुख्य राजमार्गमै खुलेआम रुपमा असुली धन्दा गर्ने बलिया बागांहरुलाई आम आशंका अनुरुप के प्रहरी प्रशासनको संरक्षण मिलेकै हो त् ?
सर्वसाधारण नागरिकलाई सामान्य कमजोरीमा समेत ठूलै जरीवाना लगाउने र सार्वजनिक मुद्धा चलाई हाल्ने प्रहरीले त्यो अवैध असुलीलाई रोक्न नसक्नुको कारण के हो ?
यसैबीच नारायणी यातयात व्यवसायी सघंको ढाटमा अवैध असुलीलाई रोक्न नसक्नु प्रहरी प्रशासनको लाचरी मात्र नभई मिलेमतो भएको अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष योगेन्द्र कुमालले बताए ।
अवैध असुलीको काम गैह्कानुनी भएपनि प्रहरीले रोक्न नसक्नु लाजमर्दो भएको नेपाल यातयात व्यवसायी महासंघका नारायणी अञ्चल संयोजक कपिल पाण्डेको भनाई छ ।
यसअघिका एसपी सहकुलबहादुर थापाले रामनगरको असुली केन्द्र केही दिन बन्द गराएपनि उनी गएप्िछ त्यो अवैध असुली कार्य निर्वाद रुपमा चलिरहेको छ ।