सचिर महर्जनको नेतृत्वमा क्रान्तिकारी पत्रकार महासंघ नेवाः राज्य समिति गठन

सचिर महर्जनको नेतृत्वमा क्रान्तिकारी पत्रकार महासंघ नेवाः राज्य समिति गठन

sachirकाठमाडौं । पत्रकार महर्जनको संयोजकत्वमा क्रान्तिकारी पत्रकार महासंघ नेवाः राज्य समिति पुर्नगठन भएको छ । राजधानीमा शुक्रबार भएको विशेष भेलामार्फत महर्जनको नेतृत्वमा समिति पुर्नगठन गरिएको हो ।

समितिको सचिवमा सिर्जन ढकाल रहेका छन् भने सदस्यहरुमा कुमार भट्टराई, अनित पाण्डे, युवराज अर्याल, गोपाल दास श्रेष्ठ, सानुकाजी महर्जन, टंकप्रसाद रेग्मी, प्रकाश भण्डारी, रिदेन महर्जन, सरोज डंगोल, तीर्थमान महर्जन, निरञ्जन श्रेष्ठ, मनोज सायमी, सन्तोष दाहाल, विष्णु आले, प्रतिक सिग्देल र भागवत नरसिंह प्रधान रहेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) नेवाः राज्य समितिका इन्चार्ज दिनेश शर्मा र क्रान्तिकारीकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतको विशेष उपस्थितिमा समिति पुर्नगठन गरिएको हो ।