धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने मार्पाकमा एउटा यात्रुबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
सदरमुकामबाट किन्ताङफेदीतर्फ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस स्थानीय लपाङ चौतारा नजिकै दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।