पूर्व गृहमन्त्री घिमिरेको झोला भेटियो, तीन जनाको अवस्था पत्ता लाग्न सकेन

पूर्व गृहमन्त्री घिमिरेको झोला भेटियो, तीन जनाको अवस्था पत्ता लाग्न सकेन

madhav_ghimire-bagचितवन । त्रिशुली नदीमा जिप दुर्घटनामा परेका पूर्वगृहमन्त्री तथा पूर्वमुख्यसचिव माधव घिमिरेको झोला भेटिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले खोजीका क्रममा घिमिरेको झोला फेला पारेपनि घिमिरे दाजुभाईको अवस्था अज्ञात छ ।

सोमबार बिहानैदेखि खोजी कार्य जारी छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, प्रहरी प्रमुख एसपी वसन्त कुँवर आइतबारदेखि नै घटनास्थलमा पुगेर खोजी कार्यको नेतृत्व गरिरहेका छन् ।

दुर्घटनास्थल निकै साँघुरो, अप्ठेरो र खोंच भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीको भनाई छ । आइतबार नदीमा जीप खस्दा पूर्व गृहमन्त्री घिमिरे सहित उनका भाईहरु मोहन घिमिरे र प्रकाश घिमिरे बेपत्ता भएका छन् ।

दुर्घटनामा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, आफन्त नारायण प्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भइसकेको छ । गम्भीर घाइते चालक विष्णु राईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारको बिचमा घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको थियो । चालक विष्णुलाई पालो दिन भन्दै तनहुँको दमौलीबाट गाडी माधव घिमिरे आफैले चलाएको बताइएको छ ।