
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले त्रिशुली नदीमा बेपत्ता भएका पूर्वगृह तथा परराष्ट्रमन्त्री एवम पूर्वमुख्यसचिव माधव घिमिरेको खोजीका लागि सम्भव सबै उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् ।
मन्त्री लेखकले बेपत्ता घिमिरे र उनका दुई जना भाईहरुको खोजीका लागि स्थानीय प्रशासनलाई तिव्रता दिन निर्देशन दिएका हुन् ।
मन्त्री लेखक सोमबार विहान घिमिरे दुर्घटनामा परेको स्थलको अवलोकन गर्न र खोजी कार्यबारे बुझ्न चितवन पुगेका हुन् । दुर्घटनास्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लेखकले बंगलादेशबाट गोताखोरहरु मगाएर भएपनि घिमिरेलगायत वेपत्ता व्यक्तिहरुको खोजी गर्ने बताए ।
आइतबार साँझ घोप्टेभिरबाट त्रिशुली नदीमा खस्दा घिमिरेसहित तीन जना वेपत्ता भएका छन् । दुर्घटनामा घिमिरेकी आमासहित तीन जनाको मृत्यु भएको छ ।