काठमाडौंं । पूर्व गृहमन्त्री एवम् पूर्वमुख्य सचिव माधवप्रसाद घिमिरे चढेको गाडी आइतबार अपरान्ह ४ बजेतिर त्रिशुलीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना त्रिशुलीमा बेपत्ता भएका छन् ।
सोह्र श्राद्ध गर्न घिमिरे परिवार मुक्तिनाथ गएका थिए । मुक्तिनाथबाट फर्कदै गर्दा पूर्व गृहमन्त्री चढेको बा ९ च १५१३ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविस–३ को घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको थियो ।
दुर्घटनामा परी घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, भाञ्जा नारायणप्रसाद काफ्ले र प्रहरीको सुरक्षा गार्ड रामचन्द्र कार्कीको सनाखत भएको चितवन प्रहरीले जानकारी दिएको छ।
चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पूर्वगृहमन्त्री घिमिरेसहित उनका भाइहरु प्रकाश घिमिरे र मोहन घिमिरे भने हराइरहेका छन् ।