माओवादी केन्द्रको भद्रगोल आयोजक समिति घटाउने तयारी

माओवादी केन्द्रको भद्रगोल आयोजक समिति घटाउने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) भित्र विभिन्न माओवादी पार्टीबाट सबैलाई पार्टीमा तान्ने प्रक्रियामा बनाएको भद्रगोल केन्द्रीय समितिको सदस्य संख्या घटाउने विषयमा छलफल सुरु भएको छ ।

करिब २ हजार ५ सय जनाको महाधिवेशन आयोजक समिति निर्माण गरेपछि ठाउँ अभावका कारण एक पटक पनि पार्टीको बैठक बस्न नसकिरहेका बेला महाधिवेशन आयोजक समिति कटौती गर्ने विषयमा छलफल भएको हो ।

विभिन्न पार्टीबाट बाहिरिएर माओवादी केन्द्रमा सामेल हुन गएका नेतालाई पार्टी प्रवेश गराउँदा एकतामा नआएका नेतालाई देखाउन र तटस्थ बसेकालाई केन्द्रीय सदस्य बनाएर लोभ्याउन माओवादी केन्द्रले जम्बो केन्द्रीय समिति निर्माण गरेको थियो ।

पार्टी मुख्यालय पेरिसडाँडामा शनिवार बसेको माओवादी केन्द्रको सचिवालयको बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संख्या घटाउनेबारेमा छलफल भएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

माओवादी केन्द्रले आगामी पुसमा गर्ने भनेको महाधिवेशन पनि यसअघि नै स्थगित गरिसकेको छ । प्रधानमन्त्री दाहालको कार्यव्यस्तताको कारण जनाउँदै यसअगाडि महाधिवेशन स्थगित गरिएको छ ।