क्रान्तिकारी सेक्युरिटी संघको कोषाध्यक्षमा रामजी बगाले

क्रान्तिकारी सेक्युरिटी संघको कोषाध्यक्षमा रामजी बगाले

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघको हालै बसेको कार्यालयको विस्तारित बैठकले रिक्त रहेको कोषाध्यक्षको पदमा सचिवालय सदस्य रामजी बगालेलाई चयन गरेको छ । साथै बठकले रिक्त रहेको केन्द्रीय सदस्यको पदमा बुद्धि गुरुङलाई मनोनित गरेको छ । संघका उपाध्यक्ष ओम विकले दिएको जानकारी अनुसार संघ संगठन विस्तार अभियानमा तीव्र रुपमा लागिरहेको छ ।

क्रान्तिकारी माओवादी इलामको संयोजकमा रुद्र साम्पाङ
इलाम । हामीलाई ढिलोगरी प्राप्त जानकारी अनुसार नेकपा (क्रान्तिकारी माओवादी) इलामको जिल्ला समितिको पुनर्गठन रुद्र साम्पाङको संयोजकत्वमा सम्पन्न भएको छ । श्रावण ९ मा भएको भेलाले दवीभक्त राय, टंकमणि राई, दिपकचन्द्र गौतम, भिम खड्का, दलबहादुर योङहाङ, धनकृमार लोरिन्दिन, महेन्द्र राई, कुलबहादुर थेगिमलाई जिल्ला पार्टीको सदस्यमा चयन गरेको छ । सो भेला पार्टीका केन्द्रीय सचिवालय सदस्य सिताराम तामाङ र केन्द्रीय सदस्य केवी फुदुङको उपस्थितिमा सम्पन्न भएको थियो ।

क्रान्तिकारी माओवादी इलामको गोदकमा अधिकारी
इलाम । भाद्र २४ को एक भेलाले नेकपा (क्रान्तिकारी माओवादी) इलामको गोदक गाउँ भेलाले ठाकुरप्रसाद अधिकारीको संयोजकत्वमा गाउँ पार्टी गठन गरेको छ । भेलाले सदस्यहरुमा सरोज नेपाल, हेमबहादुर खड्का, पेमा तामाङ, निरबहादुर गोले, रीता लेप्चा, डम्बर लेप्चा, टिकाप्रसाद अधिकारी र केशव प्रसाद अधिकारीलाई संगठित गरेको छ ।