नेता कार्यकर्ता पक्राउ गरेकोमा अध्यक्ष वैद्यद्वारा आपत्ति प्रकट

नेता कार्यकर्ता पक्राउ गरेकोमा अध्यक्ष वैद्यद्वारा आपत्ति प्रकट

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले आफ्ना पार्टीका नेता कार्यकर्ता बिना कारण गिरफ्तार गरेकोमा कडा आपत्ति प्रकट गरेका छन् ।

बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले अखिल (क्रान्तिकारी) को केन्द्रिय कार्यलय परिसरबाट नै एक्कासी गिरफ्तार गरिएको घटना जनताको जनतान्त्रिक अधिकारमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् ।

उनले नेता कार्यकर्ता पक्राउको तीव्र विरोध गर्दै तत्काल रिहाई गर्न सरकारसँग जोडदार माग समेत गरेका छन् ।

बुधबार दिउँसो बागबजारबाट प्रहरीले क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य शिवराम यादव, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सह संयोजक क. राम नेपाली, केन्द्रीय सदस्यद्वय क. महेश श्रेष्ठ र क. दिपेन्द्र सुनुवारलाई बागबजारबाट पक्राउ गरेको थियो ।