चितवन । अखिल (क्रान्तिकारी) चितवनले निजी विद्यालयहरुले गरेको २२ देखि २५ प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै वृद्धि गरिएको शुल्क फिर्ता गर्न दिइएको ४८ घण्टे अल्टिमेटमको वेवास्ता गरेको भन्दै संघर्षको पहिलो चरणअन्तर्गत जिल्लाका १० वटा निजी बिद्यालयहरुको लेखा शाखामा तालाबन्दी गरेको छ । अमृत चापागाईंको नेतृत्वमा गएको टोलीले जिल्लाका डेजि इङ्लिस स्कुल, खैरहनी, नेपाल आदर्श इ. बो. स्कुल,वाल्मीकि शिक्षा सदन, सनराइज बो. स्कुल, गुरुकुल उच्छ मा वि, प्रेरणा इ.बो. स्कुल लगायतका स्कूलमा तालाबन्दी गरेको हो । अखिल (क्रान्तिकारी) ले निजी बिद्यालयहरुले शैक्षिक सत्रको बीचमा गरेको शुल्कवृद्धि तत्काल खारेज नगरे योभन्दा कडा आन्दोलनमा जाने जिल्ला सचिव अमीत साप्कोटाले बताए ।