पूर्वसभासद्सहित अखिल क्रान्तिकारीका चार नेता गिरफ्तार

shivram

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा पूर्व सभासद् शिवराम यादवसहित अखिल क्रान्तिकारीका चार नेतालाई प्रहरीले बागबजारबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्ने अन्य विध्यार्थी नेताहरुमा अखिल (क्रान्तिकारी)का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवार रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको बुझिएको छ । पार्टीको केन्द्रीय आर्थिक अभियान (१०००को कुपन) अन्तर्गत स्वेच्छिक सहयोग उठाउँदै हिड्ने क्रममा एक्कासी अपहरणको शैलीमा गिरफ्तार गरिएको पूर्वसभासद्समेत रहेका शिवराम यादवले बताए । उनले भने, “म क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्य र पूर्व सभासद् हो भन्दा भन्दै पनि अपराधीलाई जस्तो व्यवहार गरी गिरफ्तार गरियो र अपराधीलाई जस्तै प्रहरी हिरासतमा पनि व्यवहार गरियो ।”
क्रान्तिकारी माओवादीले आफ्ना निर्दोष नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै विरोध जनाएको छ । उनीहरुलाई तत्काल रिहा गर्न क्रान्तिकारी माओवादीले आग्रह गरे पनि प्रशासनले माथिको आदेश भन्दै गिरफ्तार नेताहरुलाई छाड्न मानेको छैन ।