प्रधानमन्त्री दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा क्रान्तिकारी विध्यार्थीको प्रदर्शन

hhhhhhf

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा विरोध प्रदर्शन गरेको छ । काठमाडौंको शान्तिबाटिकामा जम्मा भएका क्रान्तिकारी विध्यार्थी नेताहरुले प्रधानमन्त्री दाहालले फेरि भारतसँग राष्ट्रघाती सन्धिसम्झौता गर्न लागेकोले यस्तो विरोध प्रदर्शन गरेको जनाएका छन् । अपरान्ह ३ बजे व्यानर, झण्डा, प्ले कार्डसहित रत्नपार्कमा जम्मा भएका विध्यार्थीहरुले ‘सन् पचासलगायतका सम्पूर्ण असमान सन्धि सम्झौताको खारेज गर, सुस्ता, कालापानी लगायत लुटिएका भूमि फिर्ता गर, राष्ट्रघाती सन्धिसम्झौता गर्न पाइदैन, कठपुतली सरकार खबरदार, अखिल क्रान्तिकारी राष्ट्रियताको पहरेदार’ लगायतका नाराहरु लगाएका थिए ।