एजेन्सी । इटालीमा बुधबार गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ७३ जनाको मृत्यु भएको छ भने अझै धेरै भग्नावशेषमा पुरिएका छन् ।
मध्य इटालीको एक्कुमोलीनजिकै केन्द्रविन्दु बनाएर बुधबार आएको ६.२ रेक्टरस्केलको शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भएको हो ।
भूकम्पका कारण भत्किएका संरचनाहरुमा अझैपनि सर्वसाधारण पुरिएकाले मर्नेहरुको संख्या बढ्नसक्ने उद्दारकर्मीहरुको भनाई छ ।
प्रधानमन्त्री माटियो रेन्जी भूकम्प जानेवित्तिकै आधा रातमा नै क्षतिग्रस्त क्षेत्रमा पुगेर उद्दारकार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिएका थिए ।
मध्यरोम भन्दा करिब १५० किलोमिटर टाढा जमिनभन्दा १० किलोमिटर गहिराईलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण रोममा आधा रातमा भागदौड मच्चिएको थियो ।
बुधबार आएको भूकम्पका कारण रोमका कतिपय भवनहरु करिब २० सेकेन्डसम्म हल्लिएका थिए । बुधबार बिहानको शक्तिशाली भूकम्पपछि बेलुकासम्ममा करिब ८० वटा पराकम्प गइरहेको अमेरिकी भूगर्भ मापन केन्द्रले जनाएको छ ।