म्यानमार । म्यानमारमा बुधाबार ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंसम्म महशुस गरिएको छ ।
म्यानमारको दक्षिणमा अवस्थित पर्यटकीय गन्तव्य प्राचीन सहर बगानबाट ३० किलोमिटर टाढा चाउक नजिकै रहेको र भूकम्प ८४ किलोमिटर गहिराइ केन्द्र भएर भूकम्प गएको अमेरिकी जिओलोजिकल संस्थाले जनाएको छ ।
भूकम्पका कारण म्यानमारमा रहेका करिब दुई हजार ५०० प्राचीन एवम् पूरातात्विक महत्वका मठ तथा मन्दिरमध्ये प्रायमा क्षति पुगेको छ । भूकम्पको धक्का केही मिनेटसम्म भएको र यसबाट धेरै भवनहरुमा क्षति पुगेको अनुमान स्थानीयको भएको चाउकबाट म्यानमारको संसदमा प्रतिनिधित्व गरेका सांसद सो वीनले बताएको छ ।
शक्तिशाली भूकम्पपछि ठूला पराकम्पहरु जाने डरमा प्रभावित क्षेत्रका स्थानीयबीच त्रासको बातावरण देखिएको पनि उनले बताए । भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंकक, भारतको कलकत्ता, बङ्गलादेशलगायतका एसियाली मुलुकमा महशुस गरिएको बताइएको छ । (एजेन्सी)