काठमाडौं । संयुक्त लोकतन्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनको रिले अनसनका क्रममा मस्तिष्कघातका कारण विरामी परेका बाबुराम भुसालको बुधबार विहान निधन भएको छ ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बर्दिया मैनापोखर निवासी भुसालको ६२ वर्षको उमेरमा बुधबार विहान निधन भएको हो ।
काठमाडौंको खुलामञ्चमा भएको गठबन्धने रिले अनसनको क्रममा भुसाल मस्तिष्कघातका कारण अस्पताल भर्ना गरिएका थिए ।
बुधबार अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरिएका भुसाललाई श्रद्धाञ्जली दिन फोरम अध्यक्ष उपेन्द्र यादवसहितका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका थिए ।