चितवन । अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले क्याम्पसहरुले मुल्य वृद्धि गरेको भन्दै क्याम्पस प्रसासनहरुमा ताला लगाएको छ ।
अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनका अध्यक्ष अमृत चापागाईको नेतृत्वमा गएको टोलीले बालकुमारी कलेज नारायणगढ, सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस लगायतका १४ वटा सरकारी क्याम्पसहरुमा ताला लगाएको हो ।
क्याम्पसहरुले ५५ प्रतिशत शु्ल्क बृद्धि गरेर गरिब बिद्यार्थीहरुलाई शिक्षाबाट वञ्चित बनाउन लागेको छ । यस्तो बेथिती सहेर अखिल (क्रन्तिकारी ) चुप लागेर नबस्ने अध्यक्ष चापागाईले बताए ।
पब्लिक क्याम्पस संघ चितवनको अवैज्ञानिक शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता नभए सम्म प्रसासनमा लागेको ताला नखुल्ने समितिका जिल्ला सचिव अमित सापकोटाले बताए ।