काठमाडौं । ब्राजीलमा जारी रियो ओलम्पिक अन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले शनिबार प्रतिस्पर्धा गर्दै छिन् ।
उनले ६७ केजीमाथिको तौल समूहमा अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
खेल बेलुका पौने ८ बजे हुनेछ । निशाले चीनकी जेङ शुयिङसँग प्रतिस्पर्धा गर्ने छिन् । निशाले पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
उनका लागि यो भिडन्त कठिन हुनेछ । चिनियाँ खेलाडी जेङ ६७ केजी माथिको समूहकी विश्व नम्बर एक खेलाडी हुन् ।
वाइल्ड कार्ड पाएर ओलम्पिकमा छनौट भएकी निशाले शनिबारको खेलमा जेङलाई हराउन सके क्वाटरफाइनलमा पुग्नेछिन् । निशाले आफूले तयारी राम्रो गरेको र जतिसक्दो राम्रो प्राविधिक खेल खेल्ने जनाएकी छन् ।
रियो ओलम्पिकमा तेक्वान्दो, पौडी, एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरेको नेपालका अरु सबै खेलाडी बाहिरिइसकेका छन् ।