एजेन्सी– ल्याटिन अमेरिकी देश बोलिभियामा नयाँ सैनिक एकेडेमी स्थापना गरिएको छ । बोलिभियाले ‘अमेरिकी साम्राज्यवाद’ को सामना गर्न भन्दै सैनिक एकेडेमी सञ्चालनमा ल्याएको जनाएको हो ।
बोलिभियाका राष्ट्रपति इभो मोरालेसले यो नयाँ सैनिक एकेडेमी विकासशील देशमा अमेरिकाको बढ्दो प्रभाव रोक्नका लागि कोर्स तयार गर्ने र यसमा साम्राज्यवादी हस्तक्षेप र यसको परिणामका बारेमा समेत विशेष कोर्स बनाएर अध्यापन गराइने बताएका छन् ।
उनले अमेरिकाको जर्जिया राज्यमा रहेको आर्मी स्कुललाई टक्कर दिनका लागि खोलिएको बताए । अमेरिकाको जर्जियामा शीतयुद्धका क्रममा सहयोगी देशलाई तालिम समेत उपलब्ध गराउनका लागि सैनिक एकेडेमीको स्थापना गरिएको थियो ।
अमेरिकाको सो आर्मी स्कुलमा केही छात्रामाथि मानवअधिकार हनन गरेको आरोप समेत लागेको थियो । सैनिक स्कुलमा ७० को दशकमा सैनिक सरकारको नेतृत्व गरेका दुई जना सैनिक अधिकारी समेत थिए ।
मानवअधिकारवादी संगठनले सैनिक सरकारले करिब ३० हजार वामपन्थीको हत्या गरेको जनाएको थियो । बोलिभियाका रक्षामन्त्री रेमी फेरेराले भनिन्, ‘यो साम्राज्यवाद विरोधी स्कुल जीवन बचाउने लडाईको हिस्सा हो । यो अमेरिकी त्यो विद्यालय जस्तो होइन, जहाँ छात्रालाई हाम्रा जनतालाई समेत दुश्मनको रुपमा सिकाइन्थ्यो ।’ बोलिभियाको यो सैनिक विद्यालयको सुरुवात पूर्वी बोलिभियामा करिब १ सय विद्यार्थीसहित गरिएको छ ।