दाउन्नेमा जीप पल्टिँदा चार जनाको मृत्यु, ८ घाइते

दाउन्नेमा जीप पल्टिँदा चार जनाको मृत्यु, ८ घाइते

नवलपरासी । नवलपरासीको दाउन्नेमा मंगलबार अपरान्ह जीप पल्टिँदा चार जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पुर्ववाट पश्चिम जादै गरेको ना १ ज १३१७ नम्वरको भोल्का जिप व्रेक फेल भई सडकको वायाँ साईडमा पल्टिएको प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा बर्दघाट बजारबाट झण्डै ५ किलोमिटर पूर्व मंगलबार अपरान्ह ३ बजेतिर ब्रेक फेल भइ जीप पल्टिएको हो । घटनामा एक भारतीयसहित चार जनाको मृत्यु भएको हो । घटनामा तीन जनाको घटनास्थलमा नै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जीप चालक नवलपरासीको सुक्रौली ८ बस्ने बर्ष २८ को सुधाखर पाण्डे, भारत धरमपुर बस्ने अन्दाजी बर्ष २६का चिन्तु साहनी, नवलपरासीकै सरावलकी वर्ष २५ कि चनमति थारु, र सोही ठाउँकी २० वर्षकी चेतकुमारी थारु रहेका छन् ।
मृतक चार जनाको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी नवलपरासी पठाइएको प्रहरी हवल्दार बोध सापकोटाले जानकार दिए ।

११ जना सवार उक्त जीपमा रहेका अन्य आठ यात्रु घाइते छन् । घाइते सबैको बर्दघाटस्थित दाउन्नेदेवी पोलिक्लिनिकमा उपचार भइरहेको छ । घटना लगत्तै प्रहरी कार्यालय बर्दघाटनबाट प्रहरी निरीक्षक श्यामकृष्ण केसीको कमाण्डमा ७ जनाको टोली उद्धारमा खटिएको थियो ।