ओलम्पिक पदक तालिकामा अमेरिकाको अग्रता कायमै, चीन तेस्रोमा

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं गृष्मकालीन ओलम्पिकको पदक तालिकामा अमेरिकाले आफ्नो अग्रता कायमै राखेको छ । 

अमेरिका २६ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ भने १६ स्वर्ण जितेको बेलायत दोस्रो स्थानमा तथा १५ स्वर्ण जितेको चीन तेस्रो स्थानमा छ ।

त्यसैगरी ११ स्वर्ण जितेको रुस चौथो स्थानमा रहँदा ८–८ स्वर्ण पदक जितेका इटली र जर्मनी क्रमशः पाँचौं र छैठौं स्थानमा छन् ।

फ्रान्स र जापानले पनि समान ७÷७ स्वर्ण जितेका छन् भने अस्ट्रेलिया, दक्षिण कोरिया र नेदरल्यान्डले समान ६–६ स्वर्ण पदक जितेका छन् ।

रियो ओलम्पिकमा हालसम्म ४५ राष्ट्रले स्वर्ण पदक जितेका छन् भने ६५ राष्ट्रले पदक हात पारिसकेका छन् ।