काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले सुकुम्बासीका समस्यालाई लिएर आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
सुकुम्बासीका समस्यालाई महत्वका साथ उठाउँदै आएको क्रान्तिकारी माओवादीले दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउने भएको हो ।
क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको नेतृत्वमा जाने टोलीले सुकुम्बासी समस्या तत्काल समाधान गर्न आग्रहसहित ज्ञापन पत्र बुझाउन लागेको क्रान्तिकारी माओवादीले जनाएको छ ।
यसअघि शनिबार क्रान्तिकारी माओवादीका अध्यक्ष किरणले प्रधानमन्त्री प्रचण्डलाई भेटी दोस्रो पटक नेपालको प्रधानमन्त्री बन्न सफल भएको बधाई दिँदै सुकुम्बासीलगायत सम्पूर्ण उत्पीडित जनतका समस्या तत्काल समाधान गर्न आग्रह गरेका थिए ।