राष्ट्रभक्तिको अमरत्व

राष्ट्रभक्तिको अमरत्व

देव नारायण यादव, 

वीर सपुत हौं तिमी
आफ्नो रगत सिञ्चिएर
नेपालको माटो सुरक्षित राख्न
जीवन अर्पन तयार तिमी
सच्चा नेपाली छोरा तिमी
तिम्रो त्याग, तिम्रो आँट
प्रेरणास्रोत हौं नेपालको
तिम्रा देशका हुतिहारा शासकवर्ग
टाङमुनि पुच्छर हाल्दै
मालिकको जय जय गर्छन् ।
दुष्ट छिमेकी हौसिएर झन् माथि चढ्छ
हाम्रो सार्वभौमिकता खान अघि बढ्छ
यो विस्तारवादलाई तिम्रो साहस
यौटा बज्रमुक्का हो,
तिलाठी भूमि सिञ्चित तिम्रो रगत
सीमा रक्षाकवच हो,
सीमानाका सम्पूर्ण नेपालीलाई
तिम्रो रगतले साहस र आँट भर्नेछ
स्वाभीमान र सार्वभौमिकताको रक्षा गर्नेछ
तिम्रो वचन “राष्ट्र बचाउँन म प्राण दिनेछु” को
महान वाणी सदा सदा अंकित रहनेछ
इतिहासको पानाबाट कहिल्यै मेटिने छैन ।