कास्मिर विवादबारे वार्ता गर्न भारतलाई पाकिस्तानको निम्तो

कास्मिर विवादबारे वार्ता गर्न भारतलाई पाकिस्तानको निम्तो

india-pakistanएजेन्सी । पाकिस्तानले भारतलाई कास्मिरका विषयमा वार्ता गर्न निम्तो दिएको छ । पाकिस्तानले भारतलाई कास्मिरको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय दायित्व भएको भन्दै वार्ताको प्रस्ताव गरेको हो ।

पाकिस्तानी विदेशमन्त्री एजाज चौधरीले इस्लामाबादमा भारतीय उच्चायुक्त गौतम बंबावलेलाई बोलाएर वार्ताका लागि भारतीय विदेश सचिव सुब्रमन्यम जयंशकरलाई पठाएको चिठी हस्तान्तरण गरेका हुन् ।

यस पत्रमा जयशंकरलाई कास्मिरका बारेमा वार्ता गर्नका लागि पाकिस्तान आउन निम्तो दिइएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिस जकारियाले कास्मिरका बारेमा भइरहेको विवाद भारत र पाकिस्तानको मुख्य विषय भएकोले वार्ताका लागि बोलाइएको जनाएका छन् ।

गत महिनामात्रै पाकिस्तानी विदेश सल्लाहकार सरताज अजिजले दुवै देशले वार्ता गर्नुपर्नेमा जोड दिएका थिए । उनले भारत प्रशासित कास्मिर भारतकोमात्रै आन्तरिक मामिला नभएको भन्दै यसलाई दुवै देश बसेर टुंगो लगाउनुपर्ने बताएका थिए ।

पाकिस्तानले पछिल्लो समयमा कास्मिरको आन्दोलनलाई खुला रुपमा समर्थन गरेपछि भारत झनै चिढिएको छ । भारतले कास्मिरका विषयमा पाकिस्तानसँग वार्ता नगर्ने यसअघि नै जनाइसकेको छ भने पाकिस्तानले पनि कास्मिरको विषय राष्ट्रसंघको अधुरो एजेण्डा भएको भन्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने बताएको थियो ।

तर, पाकिस्तानले भारतलाई वार्ताका लागि प्रस्ताव पठाएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भारतले समसामयिक र प्रासंगिक मुद्दामाथि पाकिस्तानले गरेको वार्ताको प्रयासलाई स्वागत गरेका छन् । तर उनले पाकिस्तानसँग वाताएका लागि सीमामा भइरहेको चरमपन्थहरुको घुसपैठ रोक्नुपर्नेमा जोड दिएका छन् ।