झर्रोटर्रो: सिनो लुछ्ने झगडा

झर्रोटर्रो: सिनो लुछ्ने झगडा

सरकारमा सहभागी समुह ‘क’ दलको छलफल दलको कार्यालय शाषकदरबामा बस्यो । एनजीओ आइएनजीओहरूका गोष्ठी सेमिनारमा सहभागी हुने तर संसद बैठकमा अनुपस्थित हुनेहरू सबै झाराझार आफ्नो दलको बैठकमा भने पहिला नै पुगे । मुखिया कहिले आउँछन् र मेरो नाम लिन्छन् भनेर मुख मिठ्याउँदै र आँखा नझिम्क्याई मुल ढोकातिर हेरर बसे ।

सांसद नभए पनि दलका गोडादुएक लाउकेहरूलाई आमन्त्रित रूपमा बोलाइएको थियो । उनीहरूलाई मुखियाले आफ्नो सपोर्टमा बोलाएका थिए । नयाँ जोगीहरूलाई भने बोलाइएको थिएन । यसो किन गरिएको भन्ने प्रश्नको जवाफमा लाउडिस्पिकर कन्याकुमारीले ‘यो नित्तान्त आफ्नो पूर्व गुटको मात्र सरोकारको विषय भएकाले आफैभित्रको झगडामा झन् घ्यु थपेर आगो दन्काउन किन बोलाउने भनेर पहिलादेखि नै बोलाउने गरिएको छैन’ भनेर जवाफ दिइन् । 

मुखिया आफ्ना दलबललाई बाहिर राखेर अमिलो अमिलो मुख लाउँदै बैठकहलमा प्रवेश गरे । सबै जुरुक्क उठेर मुट्ठी कसेर अभिवादन गरे । उछिनपाछिन गर्दै मुखियाको आँखामा आँखा जुधाउन टाउको तन्काए । मुखियाले दायाँबायाँ कतै नहेरेर सरासर आफ्नो कुर्चिमा गएर गजधम्म परेर बसे । 

बैठक सुरु भयो । सरकारका उपमुखियाले केहीबेर भूमिका बाँध्दै विषयमा केन्द्रित भए । पहिला हामीले नियम बनाऊँ त्यसमा तपाइँहरूको राय केके छन् त भनेर प्रश्न गरे । र, पालै पालो दज्र्यानी चिन्ह अनुसार बोल्न भने । 

फ्रेन्चकट जुरुक्क उठे र भने– ‘यसमा मेरो सुझाव दुईवटा छन् । पहिलो, अनुभवी, साहसी, क्षमतावान, तुरुन्ता तुरुन्तै ओठे जवाफ पनि दिन सक्ने, विगतको लडाइँमा पनि साहसपूर्वक लडेको, अर्थतन्त्रको व्यवस्था पनि राम्रोसँग गर्न सक्ने व्यक्ति छान्नु पर्छ । दोस्रो, त्यस्ता व्यक्तिलाई गाँठ पनि प्रसस्त भएको र रैतिहरूलाई पनि आफ्नो वरिपरि घुमाउन सकिने मन्त्रालय दिइनु पर्छ ।’

अर्को उठ्यो र थप्यो– ‘हो हो अनुभवीहरूलाई छुटाउनु हुँदैन । आलाकाँचाहरूलाई पठाउँदा हाम्रो लक्ष्य पूरा हुँदैन । दोस्रो, माथिल्लो दर्जाकालाई पठाउनु पर्छ । धेरै तलकालाई पठायो भने विदेशीले हेप्छन् ।’

तेस्रो बोल्यो– ‘सँधै एउटैले मात्र हसुरेको हसु¥यै गर्न पाइन्न । हामी पनि धुलीमाटी खेलेर ह्याँसम्म आएका हैनौँ । हाम्रो पनि योगदान छ । हाम्रो पालो कैले आउने हो ?’
चौथोले भन्यो– ‘हो हो । हामीले पाउनु पर्छ । के ठूलाबडाहरूको मात्र विर्ता हो र यो ?’

तेत्तीस पर्सेन्टवाला सामूहिक रूपमा कराए– ‘हामीलाई सँधै हेप्ने ? खोई तेत्तीस पर्सेन्ट छुट्याएको ? हामी छोड्दै छोड्दैनौँ ।’

मधेश उठ्यो– ‘मधेशको सम्बोधन गर्नु पर्दैन ? सँधै पाहाडिया अहङ्कारवाद मूर्दावाद ।’

जनजातिले मुट्ठी कस्यो– ‘यो बाहुन क्षेत्रीको मात्र राज हामी मान्दैनौँ । हाम्रो प्रतिशत सुरक्षित हुन पर्छ ।’

पहिलोले जोड ग¥यो– ‘समय थोरै छ । हाम्रो भाग पनि थोरै छ । अनेकथरी भाग नलगाऊँ । मैले भने अनुसार गरौँ ।’

अर्को उठ्यो – ‘हुँदैन हुँदैन, म त जान पाउनै पर्छ ।’

‘मैले पाउनु पर्छ । नत्र म भण्डाफोर गर्चु ।’
‘मैले किन नपाउने ?’
‘आलाकाँचालाई पठाउन हुन्न ।’

‘मुख समालेर बोल्नुस् है, को छ ह्याँ आलाकाँचा ? हामी लडेको हैन हिज युद्धमा ?’ धड्याम्म । टेबल ठोक्यो एउटाले । 
‘आधा आकाशलाई– चाहिन्छ चाहिन्छ ।’ ‘दलित जनजाति – जिन्दावाद, बाहुनक्षेत्रीवाद मूर्दावाद ।’ नारा घन्कियो ।

‘शान्त हुनुस् साथीहरू ! तपाइँहरूको कुरा बुझियो । सबैलाई मिलाएर लगिन्च । मलाई सहयोग गर्नुस् । म असफल हुनु भनेको दल नै असफल हुनु हो ।’ मुखिया बोले ‘यो निर्णय हेडक्वार्टर कमिटीले टुङ्ग्याउँछ ।’ बैठक सकियो । सबै रातोपिरो हुँदै कोही क्यान्टिनतिर झरे, कोही घरतिर लागे । कोही नेताहरूको पछि लखरलखर दगुरे ।
अर्को दिन हेडक्वार्टर कमिटीको बैठक बस्यो । मुखियाले कुरा सुरू गरे– ‘लौ भनौँ साथीहरू हिजको कुरा सुनिहाल्नु भो । के छ तपाइँहरूको कुरा ?’
काजीले भने– ‘मेरा मान्छे छुट्नु हुँदैन । मुखिया, उपमुखिया दोहोरिन हुन्च भने अरूलाई मिल्दैन भन्ने कुरा त्यति मनासिव होइन भन्ने लाग्च ।’
उप मुखियाले भने– ‘सबैलाई मिलाएर लैजाऊँ ।’
नयाँ जोगीहरू ट्वाल्ल परेर हेरेको हे¥यै भए ।
अर्कोले चिप्लो घस्दै प्रस्ताव ग¥यो– ‘यो जिम्मा सुप्रिमोलाई दिऊँ ।’
हुन्च हुन्च । सबैले सहमती जनाए । बैठक अनिर्णीत भयो ।
… …
सरकारमा सहभागी समुह ‘ख’ को बैठक बस्यो । सुरूमै बरिष्ठ उठे– ‘खास गरेर साठी चालीसका हिसावले भाग लाउनु पर्छ । त्यसपछि आआफ्नै गुटबाट छानौला ।’
तेस्रो गुटका प्रमुखले भने– ‘हामीले दक्षिणतिरको कुरा पनि सुन्नु पर्च । उनीहरू हाम्रा असल मित्र हुन् । उनीहरूको कुरालाई इग्नोर ग¥यौँ भने आगामी दिनमा हामीलाई अप्ठ्यारो पर्न सक्छ भन्ने मलाई लाग्च ।’

युवाहरूले पाखुरा सुर्के– ‘जताततै नेताहरूले हस्तक्षप गर्न पाइन्न । अरूलाई पनि विकास गर्ने अवसर दिनु पर्छ । ह्याँ भित्र पनि चुनावी आधारमा प्रतिष्पर्धा गरौँ । हामी प्रजातन्त्रमा विश्वास गर्ने दलले यसबाट पछि हट्नु हुँदैन ।’

डेउडापति बोले– ‘ककसको कुरा सुन्ने भनेर भन्नलाई । जम्मा तेरजना पठाउने हो, दुईजना गैसके । अब काँ सबैलाई पु¥याउन सकिन्च भनेको, हत्तेरिका । कस्तो कुरा नबुझ्या साथीहरूले । दल त एउटै हो नि । काँबाट साठी चालिसको भागबण्डा लाउने भनेको । के कुरो हो यो ?’

बरिष्ठ कड्किए– ‘खास गरेर हिँज तपाइँले नै यही नीति लागू गर्नु पर्च भनेर माग ग¥या हैन ? ऐले फेरी आफूले त्यही कुरालाई नमान्न पाइन्च ? साठी चालिस त लाउनै पर्च ।’
एउटा उठ्यो र कड्कियो– ‘यो सबै क्षेत्रमा भागबण्डा लाउने कुरा गलत छ । विद्यार्थीको चुनाव हुन सकिराख्या छैन । ह्याँ पनि त्यस्तै गर्ने हो भने म आमरण अनसन बस्छु ।’
‘ठिक हो, म पनि बस्छु अनसन ।’ अर्काले थप्यो । ‘सान्दाजु, जेपी, केपी सबैले राणा विरुद्ध सत्याग्रह गरेको इतिहास छ । ह्याँ पनि नयाँ राणासावहरू जन्मने हो भने हामी सार्वजनिक रूपमै सत्याग्रहको आन्दोलन थाल्छौँ ।’

‘धड्याम्म’ । टेबल ठोक्यो एउटाले ।
के खोजेको ? कुर्चि उठायो अर्काले । अर्कोले धकेल्यो ।
‘किन हात हालेको’ अर्काले कमिज समात्यो ।
‘हामीले पनि चुनावमा करोडौँ खर्च ग¥याछौँ, त्यो उठाउनु परेन ? मैले पालो पाउनु पर्छ ।’ अर्को बोल्यो ।
‘मैले पनि पार्टीलाई लाखौँ खर्च दिएर समानुपातिकमा परेको हुँ । मेरो पैसा उठाउनु छ । मैले पाउनु पर्छ पालो ।’
‘चुप लाग्नुस् न भन्या । झगडा नगर्नुस् । ककसलाई पठाउने भन्ने कुरा मेरो हातको कुरा हो, भनेर भन्नलाई । पैला विद्यार्थीको चुनाउ सकम त्यसपछि मिलाम्ला । उठौँ ऐले ।’ डेउडापतिले कुरोको बिट मारे । सबै मुरमुरिदै उठे ।

kailubraha73@gmail.com