Kabrea_Bus_Accentकाठमाडौं । काभ्रेमा सोमबार अपरान्ह भएको सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ ।

सोमबार अपरान्ह काभ्रेकाे कोशीपारी जाँदै गरेको बा २ ख १०६ नम्बरको बस बिर्ता देउराली ७ खहरेखाेला नजिक दुर्घटना भएको हो ।

प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटेका थिए । घटना लगत्तै नेपाली सेनाकाे हेलिकाेप्टरबाट घाइतेकाे उद्धार गरी काठमाडाैं ल्याइएकाे छ ।

बसमा भित्र र छतमा खचाखच यात्रु भरिएका थिए । अत्याधिक लाेडका कारण बसले उकालाेमा तान्न नसकेपछि ब्याक भएर बस भीरबाट तल खसेकाे बाँच्न सफल यात्रुले बताए ।

बसले तान्न नसकेपछि बस चालकले खलासीलार्इ गाडीले तान्न नसकेकाे भन्दै ढुंगाकाे अाेट हाल्न भनेका थिए । खलासी राखेकाे ढुंगाले बसलार्इ अड्याउन नसकेपछि बस पछि हट्दै गएर भीरबाट खसेकाे हाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर