क्रान्तिकारी माओवादीद्वारा शोक प्रकट

क्रान्तिकारी माओवादीद्वारा शोक प्रकट

flag_of_communistकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले काभ्रेमा भएको बस दुर्घटनामा भएको धनजनको क्षतिप्रति दुःख प्रकट गरेको छ ।

क्रान्तिकारी माओवादी ताम्सालिङ राज्य समितिका संयोजक राम आचार्यले विज्ञप्ति जारी गर्दै काभ्रेको बिर्ता देउराली ७ खहरेखोला नजिक सोमबार अपहरान्ह भएको यात्रुबस दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

क्रान्तिकारी माओवादीले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तब्ध परिवारप्रति समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार अपरान्ह काभे्रको बिर्ता देउराली ७ खहरेखोला नजिक भएको यात्रु बाहक बस दुर्घटनामा भएको मानवीय क्षतिले हाम्रो पार्टीलाई अत्यन्तै दुःखी तुल्याएको छ । यो दुःखद् घडीमा हाम्रो पार्टी क्रान्तिकारी माओवादी यस दुर्घटनामा परी ज्यान गुमाउन पुग्नुभएका जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । मृतक परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

क्रान्तिकारी माओवादीले दुर्घटनामा ज्यान गुमाउन पुगेकाका परिवारलाई क्षतिपूर्ति दिन तथा घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।