प्रधानमन्त्री दाहालको विशेष दूत बनेर महरा चीन प्रस्थान

प्रधानमन्त्री दाहालको विशेष दूत बनेर महरा चीन प्रस्थान

krishna bahadur maharaकाठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरी छिमेकी मुलुक चीनको भ्रमणका लागि प्रस्थान गरेका छन् ।

नयाँ सरकार गठन भएपछिको अवस्था, नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन महरा चीनतर्फ लागेका हुन् । 

केहीदिनअघि बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको विशेष दूतको रुपमा महरालाई र अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधीलाई भारत पठाउने निर्णय गरेको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको नयाँ सरकारले संविधान कार्यान्वयन, संविधानलाई सर्वस्वीकार्य बनाउने, शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण र बेपत्ता खोजबिनको कार्यलाई निष्कर्षमा पु¥याउने तथा भूकम्पपछिको पुनःनिर्माणको विषयलाई प्राथमिकता निर्धारण गरेको छ । 

चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दुई देशबीचको सम्बन्ध विकास र विस्तार गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।

चीनसँग विगतको सरकारले गरेका राम्रा सम्झौतालाई कार्यान्वयन गर्न अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले चीनले नेपाल सरकारका प्राथमिकतालाई सहयोग गरोस् भन्ने आफूहरुको चाहाना रहेको बताए ।